केशव राज पाण्डे

प्रमाणित अतीत, विश्वसनीय भविष्य

Keshav Raj Pandey

बेलकोटगढी

नुवाकोट जिल्लामा जन्म

युवा नेतृत्व

२०५२ देखि सक्रिय

मन्त्री

भौतिक पूर्वाधार र आन्तरिक मामिला

२०८२

नुवाकोट ब्लुप्रिन्ट प्रस्तावक

तपाईंका विचार र सुझावहरू हामीसँग साझा गर्नुहोस्।
के.पा.
जन्मबेलकोटगढी, नुवाकोट
शैक्षिक पृष्ठभूमिएसएलसी प्रथम (मदनपुर), अमृत विज्ञान क्याम्पस
पार्टीनेकपा (एमाले)
हालको पदकेन्द्रीय समिति सदस्य, नुवाकोट जिल्ला इच्चार्ज
पितापरशुराम पाण्डे
मातामङ्गला गौरी पाण्डे

परिचय: सेवा, संघर्ष र ऐतिहासिक उपलब्धि

बाल्यकाल र प्रारम्भिक जीवन

केशव राज पाण्डेको जन्म नुवाकोट जिल्लाको बेलकोटगढी गाउँपालिका वडा नं. १३ मा पिता परशुराम पाण्डे र माता महगला गौरी पाण्डेको सन्तानको रूपमा भयो। उहाँको बाल्यकाल गाउँको साधारण पृष्ठभूमिमा बित्यो, जहाँ प्रकृतिले घेरेको वातावरणले उहाँमा साधारण जीवनको मूल्य र समुदायप्रति गहिरो लगाव विकास गराएको थियो।

तात्कालीन मदनपुर गा.वि.स.बाट एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण हुने पहिलो व्यक्ति बनेर उनले शैक्षिक इतिहास रचे। उनले अमृत विज्ञान क्याम्पसमा उच्च शिक्षा प्राप्त गरे।

युवा आवाजको अग्रणी प्रतिनिधि

आफ्नो सार्वजनिक जीवनको सुरुवात नै युवा आयामबाट गर्नुभएका पाण्डेले ६ वर्षसम्म विद्यार्थी तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का सक्रिय कार्यकर्ताको रूपमा सेवा गर्नुभयो। पञ्चायती निरङ्कुश व्यवस्थाको विरुद्धको आन्दोलनमा पटक–पटक जेल जीवन बिताउनु परेपनि युवाहरूको शिक्षा, रोजगारी र अभिव्यक्ति स्वतन्त्रताको हकमा ठोस आवाज उठाउनुभएको थियो।

"तपाईंको आवाज सुनिनेछ, तपाईंको विचार सम्मान गरिनेछ, र तपाईंको स्वतन्त्रताको हकमा म सधैं अग्रिम पङ्क्तिमा उभिनेछु।"

केशव राज पाण्डे

राजनीतिक यात्रा र अन्तर्राष्ट्रिय सम्बन्ध

युवा नेतृत्वको प्रतिज्ञा
  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का ६ वर्षे सक्रिय कार्यकर्ता
  • पञ्चायती व्यवस्था विरुद्ध आन्दोलनमा पटक-पटक जेल यात्रा
  • अमृत विज्ञान क्याम्पसको अनेरास्ववियुबाट निर्वाचित पहिलो सभापति
  • नेपालकै कान्छो क्याम्पस सभापति बनेर ऐतिहासिक उपलब्धि
पार्टी भित्रको जिम्मेवारी
  • नेकपा एमालेको केन्द्रीय समिति सदस्य
  • पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सचिव
  • बागमती प्रदेश संगठन कमिटीका पूर्व अध्यक्ष (२ वर्ष)
  • नुवाकोट जिल्ला इच्चार्ज
मन्त्री जिम्मेवारीहरू
  • बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री
  • बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री
  • बागमती प्रदेश सरकारमा मुख्य सचेतक
  • प्रदेश सरकारमा प्रवक्ता
अन्तर्राष्ट्रिय सहभागिता र अनुभव
  • संयुक्त राष्ट्र संघ (UN) युवा कोषमा प्रतिनिधित्व
  • युनेस्को (UNESCO) को नेपाली युवा प्रतिनिधिको रूपमा कार्य
  • विदेश नीति र अन्तर्राष्ट्रिय सहयोगमा पार्टीको भूमिका मजबूत
  • अन्तर्राष्ट्रिय सहकार्य र युवा विकासको क्षेत्रमा अनुभव

प्रमाणित उपलब्धिहरू: इतिहासमा केशव राज पाण्डेको छाप

स्वास्थ्य क्षेत्रमा रूपान्तरण
  • त्रिशूली अस्पताललाई ७७ जिल्लाको पहिलो उत्कृष्ट अस्पतालमा स्तरोन्नति
  • बेलकोट प्रदेश अस्पतालको योजना बनाई निर्माण प्रक्रिया सुरु
  • आयुर्वेदिक अस्पताल र अनुसन्धान केन्द्रको निर्माण सुरु (पहिलो पटक)
पूर्वाधार विकास
  • बिदुर र बेलकोट (डाँडेफेटी-आरुखर्क) मा रिङ रोड निर्माण सुरु
  • करोडौं लगानीमा बिदुर स्टेडियम निर्माण सुरु
  • रणनीतिक मार्गहरूको योजना र कार्यान्वयन
पर्यटकीय स्थल विकास
  • गङ्गटे पार्क विकास
  • चिम्टेश्वर पार्क निर्माण
  • दुधेलामा कालिका मन्दिर निर्माण
  • देवीघाट मन्दिर स्थल उन्नति
  • नुवाकोट दरबार पुनर्निर्माण
  • मलेभञ्ज्याङ पार्क र बट्टार घण्टाघर
खानेपानी योजनाहरू
  • तादीखोला लिफ्ट खानेपानी योजना
  • दुधेलामा लिफ्ट खानेपानी योजना
  • बिदुरनगर खानेपानी योजना
  • बिदुर-७ तार खानेपानी योजना
  • एक घर, एक धारा (निर्वाचन क्षेत्रभरी)

नुवाकोट ब्लुप्रिन्ट २०८२: रूपान्तरणकारी नेतृत्व

अधूरो काम पूरा गर्ने, नयाँ युग निर्माण गर्ने

  • 1.पासाङ ल्हामु राजमार्ग (रानीपौवा-पिपलटार) निर्माण
  • 2.टोखा-छहरे र बेत्रावती-स्याफुबेसी सुरुङ मार्ग निर्माण सुरु
  • 3.जिल्ला र पालिका सदरमुकाम जोड्ने पक्की सडक: किस्याङ, मेघाङ, तारकेश्वर, बेलकोटगढी
  • 4.बजेट कटौती भएका रणनीतिक सडकहरू पुनः सुरु
  • 5.प्रत्येक वडा कार्यालय पालिका कार्यालयसँग जोड्ने
  • 6.अपूर्ण स्थानीय सडकहरू स्तरोन्नति
  • 7.मध्यपहाडी राजमार्ग को बाँकी निर्माण पूर्ण
  • 1.स्थानीय तहबाट विश्वस्तरीय दूरस्थ रोजगारी (Remote Jobs) को लागि युवाहरू तयार
  • 2.गाउँ-गाउँमा कोडिङ र I.T. प्रयोगशाला सहितको I.T. प्रशिक्षण केन्द्र
  • 3.AI, डाटा विज्ञान र सफ्टवेयर इन्जिनियरिङमा युवा प्रशिक्षण
  • 4.एक जिल्ला, एक स्टार्टअप पहल अन्तर्गत प्रविधि स्टार्टअप प्रोत्साहन
  • 1.त्रिशूली अस्पताललाई पूर्ण रूपमा उत्कृष्ट स्वास्थ्य केन्द्र बनाउने
  • 2.सबै पालिकामा १५-२५ शय्याको अस्पताल निर्माण
  • 3.प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण
  • 4.स्वास्थ्य बीमाको सुविधा व्यवस्थित गर्ने
  • 5.अत्यधिक जोखिमपूर्ण रोग उपचारको सुविधा थप
  • 1.माध्यमिक तहको शिक्षा पूर्ण रूपमा निःशुल्क
  • 2.पहाडी जिल्लाका सरकारी विद्यालयमा शिक्षक पेशा आकर्षक बनाउने
  • 3.विद्यालयलाई पूर्ण प्राविधिकमैत्री बनाउने
  • 4.STEM ल्याब: AI, डाटा साइन्स, सफ्टवेयर विकास तालिम केन्द्र
  • 5.एक विद्यालय, एक नर्स कार्यक्रम पुनःसुरु
  • 1.चिम्टेश्वरदेखि गणेश हिमालसम्म स्मार्ट टुरिज्म सर्किट
  • 2.किस्पाङ-गणेश हिमाल ट्रेकिङ मार्ग पुनर्जीवन
  • 3.एग्रो-टुरिज्म: कृषिलाई पर्यटनसँग जोड्ने
  • 4.सबै प्रमुख पर्यटन स्थलमा निःशुल्क वाई-फाई, डिजिटल गाईड र इ-टिकटिङ
  • 1.लिफ्ट सिँचाइ र भूमिगत पानी बोरिङ मार्फत सिँचाइ योजना
  • 2.जैविक कृषि क्षेत्र: बास्ना मसला, फलफूल, जडीबुटीको विशेष कृषि
  • 3.साना सिँचाइमा ध्यान दिँदै आधुनिक चिस्यान केन्द्रहरूको नेटवर्क
  • 4.एक गाउँ, एक विशेष उत्पादन को अवधारणाको कार्यान्वयन
  • 5.उत्पादनमा आधारित अनुदान र सामूहिक खेती
  • 1.१००% वडामा सामुदायिक खेल मैदान निर्माण
  • 2.बिदुर स्टेडियमलाई राष्ट्रिय स्तरको खेलमैदान बनाउने
  • 3.व्यायाम केन्द्रहरू ठाउँ–ठाउँमा निर्माण

अटल सिद्धान्त र पारदर्शिताका प्रतिमूर्ति

केशव राज पाण्डेको राजनीतिक यात्राको आधारशिला नै सिद्धान्त र नैतिकताको दृढता हो। उहाँको सम्पूर्ण राजनीतिक अभ्यास स्पष्टता, जवाफदेहिता र पारदर्शिता को मापदण्डमा संघै अग्निम रहेको छ। कुनै पनि पद र प्रभावको अवस्थामा पनि जनताको विश्वास र अर्थको सदुपयोग लाई प्राथमिकता दिँदै आएका छन्।

चरित्र र विश्वासको विरासत: उहाँको रेकर्ड नै उहाँको दृढ चरित्रको प्रमाण हो। उहाँको राजनीति सदैव सेवा र सिद्धान्त को हुन्छ, र यसको कुनै पनि सम्झौता हुँदैन। नुवाकोटको विकासको लागि गरिने हरेक खर्चको पारदर्शी हिसाब जनतासम्म पुर्याउनु उहाँको मूल प्रतिबद्धता रहनेछ।

"मैले प्रमाणित गरेको छु कि छोटो समयमा पनि ठूला रूपान्तरण गर्न सकिन्छ। म फर्कर आएको त्यही अधूरो काम पूरा गर्ने र नयाँ यात्रा सुरु गर्ने आश्वासन लिएर आएको छु।"

केशव राज पाण्डे

तपाईंको सुझाव हाम्रो लागि अमूल्य छ।

नुवाकोटको समृद्ध भविष्य निर्माणका लागि तपाईंका विचार र सुझावहरू हामीसँग साझा गर्नुहोस्।

सुझाव दिनुहोस्